Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं- बैशाख १२ गतेको महाभूकम्प र त्यसपछिका पराकम्पनमा परी अझै दुईसय ४० नेपाली र ८९ जना विदेशी बेपत्ता रहेका छन् ।

उनीहरुको खोजी जारी रहेको नेपाल प्रहरीले जनाएको छ । विवरणअनुसार भूकम्पमा परी आठ हजार ६३६ जनाको मृत्यु भएको तथा २१ हजार ८४५ जना घाइते भएका छन् ।
जसमा ४ हजार ७५२ महिला र ३ हजार ८७० जना पुरुषको निधन भएको गृह मन्त्रालयले जनाएको छ ।

भूकम्पबाट पूर्ण तथा आंशिक गरी काठमाडौं उपत्यकामा ६७ हजार १८८, पूर्वाञ्चलमा ४५ हजार ९३०, मध्यमाञ्चलमा दुई लाख ८६२, पश्चिमाञ्चलमा एक लाख ४५ हजार ४२८, मध्यपश्चिमाञ्चलमा तीन हजार १९५ र सुदूरपश्चिमाञ्चलमा ५० गरी चार लाख ६२ हजार ६५३ भौतिक संरचनामा क्षति भएको छ ।

यसैबीच हिजो पाँच पटक चार म्याग्नेच्यूडमाथिका भूकम्पको पराकम्पन महशूस भएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।

पछिल्लो पटक राति पौने नौं बजे दोलखा केन्द्रबिन्दू भएर चार दशमलव १ को पराकम्पन गएको हो ।

तपाईको प्रतिक्रिया