Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

हालसम्म १९ करोड २५ लाखभन्दा बढी राहत कोषमा पठाइयो

टोकियो– जापानस्थित नेपाली राजदूतावासले भूकम्पपीडितका नाममा जम्मा भएको थप एक करोड ५० लाख जापानी येन प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ ।

पटक–पटकसमेत गरेर जापानस्थित नेपाली दूतावासले १९ करोड २५ लाख ३९ हजार ८१ जापानी येन राहत कोषमा जम्मा गरिसकेको छ ।

दूतावासले हाउस अफ काउन्सिलरका सदस्य कोइची किशी, ३३०–ए लायन्स क्लव इन्टरनेसनल, नासा निर्माण कम्पनी, कन्कुर टेक्नोलोजी, जापान एक्र्टनल ट्रेड अर्गनाइजेसन (जेट्रो) फुजिओ सातो, क्रयन्स ग्रुप अप ल्याङ्वेज स्कुल, योसिआकी नाकानो, क्याफे शान्ति, नाओकी आकामात्सु, नवराज रेग्मी र वर्ल्ड प्लानिङ कार्यालयलाई धन्यवाद दिएको छ ।

दूतावासले विज्ञप्ती जारी गर्दै राहत कोषको खातामा सिधै र राहत हस्तान्तरण गरेर सहयोग गर्ने नेपाली र जापानी व्यवसायिक समूह, विभिन्न संघ संस्था तथा व्यक्तिगत सहयोगदातामा धन्यवाद ज्ञापन गरेको छ ।

दूतावासले संकलित रकम पारदर्शी हुने र अधिकतम सदूपयोग हुने पनि प्रतिबद्धता जनाएको छ ।

तपाईको प्रतिक्रिया