Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं- शुक्रबार मध्यरातमा हुम्ला केन्द्र बिन्दु भएर ४ दशमलव ८ रेक्टरस्केलको भुकम्प गएको छ ।

भुकम्पका कारण सदरमुकाम लगायतका ठाउँमा केही घरहरु भत्किएका छन् । राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार राति १२ बजेर ५२ मिनट जाँदा भुकम्प गएको थियो ।

भुकम्पको धक्काका कारण सदरमुकामका बासिन्दाहरु राती सडकमा निस्किएका थिए । केन्द्रका भुकम्पविद मुकुन्द भट्टराईले त्यो भुकम्प र बैशाख १२ गते गएको विनासकारी भुकम्पका वीच सम्बन्छ छैन । यो पराकम्पन नभएर भुकम्प भए पनि त्यो क्षेत्र भुकम्प गइरहने क्षेत्रमा पर्छ ।

हुम्लाको सदरमुकाम सिमीकोट भन्दा केही उत्तरको लिमी गाविसलाई केन्द्र बिन्दु बनाएर भुकम्प गएको हो ।

तपाईको प्रतिक्रिया