Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं– शिक्षा मन्त्रालयले सचिव विश्वप्रकाश पण्डितसहित उच्च अधिकारीलाई भूकम्पप्रभावित विद्यालयमा स्वयंसेवामा खटाएको छ । मन्त्रालयका सहप्रवक्ता सरस्वती पोखरेलका अनुसार सचिव पण्डित नेतृत्वको टोलीले भोलि झोँछेस्थित बालसेवा माध्यमिक विद्यालयमा स्वयंसेवा गर्नेछ ।

यस्तै, सहसचिव डा हरि लम्साल, सूर्यप्रसाद गौतम, डिल्लीराम रिमाल, देवकुमारी गुरागाईं, खगराज बराल, डा लक्ष्मीराम पौडेलसहितको टोली पनि स्वयंसेवामा जुट्ने सहप्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।

यसैबीच, उच्च माध्यमिक शिक्षा परिषद्द्वारा सञ्चालन हुने यस वर्षको कक्षा १२ र ११ को परीक्षा क्रमशः यही जेठ २० र आगामी असार १ देखि हुने निर्धारण भएकामा त्यसप्रति असहमति जनाउँदै अभिभावक संघ नेपालले त्रासमा रहेका विद्यार्थीलाई परीक्षामा सामेल हुन कठिन हुने भएकाले निर्धारित मितिका परीक्षा केही पर सार्न आग्रह गरेको छ ।
सङ्घले प्रत्येक परीक्षा केन्द्रको भुइँतलामा मात्र परीक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन पनि अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया