Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं– विनाशकारी भूकम्पपछि पराकम्पन आउने क्रम विस्तारै कम हुँदै गएको भएपनि शुक्रबार साता यताकै ठूलो भूकम्पको धक्का महसुस भएको छ । अपरान्ह धादिङ र नुवाकोटलाई केन्द्र बनाएर फेरि पनि अर्को भूकम्प गएको हो ।

अपरान्ह ४ बजेर ४४ मिनेटमा ४.८ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

यो साताकै सबैभन्दा ठुलो धक्का हो । शुक्रबार दिउँसो २ बजेर ४५ बजे धादिङ र नुवाकोटलाई केन्द्र बनाएर ४.२ म्याग्निच्यूटको भूकम्पको धक्का महसुश भएको थियो ।

बिहीबार पनि ४ म्याग्निच्यूटमाथिका तीनवटा भूकम्पको धक्का महसुस भएको थियो । साना पराकम्पन जाने क्रम जारी रहेपनि त्यसबाट नआत्तिन भूकम्प मापन केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया