Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं– गत वैशाख १२, १३ र २९ गतेको विनाशकारी भूकम्प र पराकम्पनका कारण वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको छ ।

गत चैतमा ५२ हजार २१० जना वैदेशिक रोजगारीमा गएकामा वैशाखमा सो संख्या करिब २० हजारले घटेको छ । वैशाखमा ३० हजार ५० पुरुष र एक हजार ३२५ महिला गरी ३१ हजार ३७५ जनामात्रै वैदेशिक रोजगारीमा गएको तथ्याङ्क छ । सबैभन्दा बढी मलेसियामा आठ हजार ८४७, कतारमा आठ हजार १३०, साउदी अरबमा सात हजार ४१२, दुबइमा तीन हजार ७९२ र दक्षिण कोरियामा एक हजार १९५ जना रोजगारीमा गएका छन् ।

गत वैशाख ११ गतेसम्म उल्लेख्यमात्रामा रोजगारीमा जान श्रम स्वीकृति लिनेहरुको भीड वैदेशिक रोजगार विभागमा लाग्ने गरे पनि त्यसपछिका दिनमा सो संख्या घटेको विभागका निर्देशक बद्रीकुमार कार्कीले जानकारी दिनुभयो ।

घरायसी कारण र हवाइजहाज स्थगित हुँदा निश्चित भइसकेको यात्रासमेत स्थगित गरेको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव कमल तामाङले बताउनुभयो । विदेशबाट नेपाली कामदारको ठूलो माग आए पनि भूकम्पपछि पर्याप्तमात्रामा वैदेशिक रोजगारीमा जानेहरु म्यानपावरको सम्पर्कमा नआउँदा समस्या भइरहेको छ । भूकम्पपछि पुनःनिर्माणको क्रममा देशमै पर्याप्तमात्रामा युवाको आवश्यकता पर्ने र उनीहरुले स्वदेशमै रोजगारी पाउने सम्भावना बढेकाले पनि वैदेशिक रोजगारीमा जानेको संख्या घट्दै जाने अनुमान गरिएको छ ।

चालु आवको साउनमा ४२ हजार ३०९, भदौमा ५१ हजार ५५१, असोजमा ३५ हजार ५५०, कात्तिकमा ४३ हजार २१३, मङ्सिरमा ५३ हजार ३५४, पुसमा ४५ हजार ३६२, माघमा ४८ हजार ९४१ र फागुनमा ४४ हजार ४६० जना वैदेशिक रोजगारीमा गएका छन् ।

यो आवको १० महिनामा हालसम्म चार लाख ४८ हजार ३२५ जना वैदेशिक रोजगारीमा गइसकेका छन् । जबकी गत आर्थिक वर्षको सोही अवधिमा चार लाख ११ हजार ५८९ जना रोजगारीमा गएका थिए ।

वैदेशिक रोजगारीमा रहेका व्यक्तिको परिवार भूकम्पका कारण मृत्यु भएमा उसलाई स्वदेश फर्किन र फेरि वैदेशिक रोजगारीमा जान लाग्ने टिकट निःशुल्क गर्ने निर्णय गत वैशाख २४ गतेको मन्त्रिपरिषद्को बैठकले गरेको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेका अनुसार कामदारको पति, पत्नी, छोराछोरी, आमाबुबा, तथा महिलाको हकमा सासूससुरासम्मको मृत्यु भएका अवस्थामा वैदेशिक रोजगारीमा गएका व्यक्ति नेपाल फर्किन चाहेमा जेठ महिनाभरका लागि निःशुल्क टिकटको व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया