Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं– सभामुख सुवासचन्द्र नेम्वाङसँग नेपालका लागि जापानका राजदूत मासासी ओगावाले शुक्रबार अपराह्न शिष्टाचार भेटवार्ता गर्नुभएको छ । नेपालमा विनाशकारी भूकम्प आएपछि राजदुत मासासी ओगावाले सभामुखको कार्यकक्षमा शिष्टाचार भेटवार्ता गर्नुभएको हो ।

भेटका अवसरमा उहाँहरुबीच जापान– नेपाल सम्बन्धका साथै भूकम्पका कारण उत्पन्न नेपालको असहज अवस्था, जापानी सहयोग, संविधान लेखनमा भएका प्रगतिबारे छलफल भएको संसद् सचिवालयले जनाएको छ । भेटमा राजदुत ओगावाले विनाशकारी भूकम्पपछि पुनःनिर्माणका लागि जापान सधैव तयार रहेको प्रतिवद्धता जनाउनुभएको संसद सचिवालयले जानकारी दिएको छ ।

भेटमा संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई, सचिव ठाकुरप्रसाद बराललगायत सचिवालयका वरिष्ठ अधिकारीको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया