Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

गोरखा- वैशाखमा १२ मा गएको विनाशकारी भूकम्पमा परी गोरखाको विभिन्न भीरमा ज्यान गुमाएकाको शब अझै निकाल्न सकिएको छैन ।

लापु गाविसको हावाडाँडा र सौरपानी गाविसका विभिन्न क्षेत्रमा झरेको पहिरोमा पुरिएकाको शब निकाल्न नसकिएको प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेनाले जानकारी दिनुभयो । “पारिबाट हेर्दा भीरमा लाश देखिन्छ” उहाँले भन्नुभयो, “पहिरोबाट शब निकाल्न सेना, प्रहरी परिचालन गरेका छौँ । निरन्तर पहिरो खसिरहेको छ । शब निकाल्नै सकिएन ।” ‘भूकम्पमा परी ज्यान गुमाउनेहरूको पहिचान भइसकेको छैन’ उहाँले भन्नुभयो, ‘कुन भीरमा कसको लाश हो भन्नेबारे पनि एकिन भएन ।’

मनास्लु पदमार्गको विभिन्न ठाउँमा खच्चड गोठालो र भरिया पुरिएको हुनसक्ने आँकलन गरिएको छ । पदमार्ग खुलाउनका लागि ६० सशस्त्र प्रहरी र ५२ नेपाली सेना परिचालन गरिएको छ । ‘हेलिकोप्टरले ठाउँठाउँमा सेना, प्रहरी झार्नुपर्ने देखिन्छ’ प्रजिअ तिमल्सेनाले भन्नुभयो, ‘५०/५० जनाको समूह बनाएर मनास्लु पदमार्गमा झरेको पहिरो पन्छाउनुपर्छ ।’ अबरुद्ध बाटो खुलाउँदा पहिरोभित्र पुरिएका लाशहरू झिक्न सकिने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया