Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं- कांग्रेसले सभापति सुशील कोइराला नेतृत्वको वर्तमान सरकारलाई नै राष्ट्रिय स्वरुप दिएर विपत्तिको सामना गर्नुपर्नेमा जोड दिएको छ ।

कांग्रेस पदाधिकारी बैठकले सत्ता बाहिरका अन्य राजनीतिक दललाई सभापति कोइराला नेतृत्वको सरकारमा सामेल गराएर राष्ट्रिय स्वरुप दिनुपर्नेमा जोड दिएको पार्टी प्रवक्ता दीलेन्द्रप्रसाद बडूले जानकारी दिनुभयो ।

बैठकमा सभापति सुशील कोइरालाले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालसँग यसअघि भएका कुराकानीका बारेमा जानकारी गराउनुभएको थियो ।

सभापति कोइरालाले भूकम्पपछि सिर्जित महाविपत्तिमा दलहरूबीच देखिएको राष्ट्रिय एकतालाई संविधान निर्माण र कार्यान्वयनको अवस्थासम्म लैजान आफू तयार रहेको बताउनु भएको प्रवक्ता बडूले बताउनुभयो ।

तपाईको प्रतिक्रिया