Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

कोलम्बो-श्रीलङ्काको वर्तमान संयुक्त सरकारका चारजना मन्त्रीले सामूहिक राजीनामा दिएको समाचार छ ।
यो सरकार निर्माण भएपछिको यो नै पहिलो ठूलो राजनीतिक क्षति भएको विश्लेषकहरूको भनाई छ ।
गएको मार्च महिनामा निर्माण भएको राष्ट्रपति मैत्रीपाला सिरिसेनाको सरकारमा यो एक राजनीतिक क्षति भएको बताइएको छ ।
ती मन्त्रीहरू श्रीलङ्काको विपक्षी दल युनाइटेड नेसनल पार्टीका सदस्य हुन् । सो दल नै केही समयअघि सत्तारुढ दलसँग गाभिएको थियो ।
उनीहरूको सामूहिक राजीनामापछि वर्तमान सरकारको भविश्यमाथि नै प्रश्न चिहृन उठेको त छैन तर यस सरकारका लागि भने यो निर्णय प्रिय  हुन नसक्ने बताइन्छ ।
उनीहरूले राजीनामा दिनुपर्नाको कारणका बारेमा केही बताएका छैनन् । तर पनि राजीनामाको बारेमा जानकारी दिनका लागि आयोजना गरिएको पत्रकार सम्मेलनका क्रममा उनीहरूले यस सरकारसँग कामगर्न मन नलागेको भन्दै यो कदम चालेको बताएका थिए । ***

तपाईको प्रतिक्रिया