Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री दीपकचन्द्र अमात्यले राजीनामा दिएका छन्। अमात्यले आफू निकटहरुलाई प्रधानमन्त्री सुशील कोइरालासामु राजीनामा दिइसकेको बताएका छन्।

बिहीबारको मन्त्रिपरिषद् बैठकमा पनि मन्त्री अमात्य सहभागी भएनन्। यद्यपि उनको राजीनामा स्वीकृत भइसकेको भने छैन।

अमात्यलाई सत्ता साझेदार नेकपा एमालेको सिफारिशमा गएको वर्ष भदौ २७ गते प्रधानमन्त्री सुशील कोइरालाले मन्त्री नियुक्त गरेका थिए। तत्कालीन पर्यटन मन्त्री भीम आचार्यको ठाउँमा उनलाई मन्त्री बनाइएको थियो। तर उनी पनि नौ महिना टिक्न सकेनन्।

अमात्यले चार दिन अगाडि नै पार्टी अध्यक्ष केपी ओलीलाई राजीनामा दिने जानकारी गराइसकेका थिए।

२०४७ सालमा झलनाथ खनाल कृषि तथा वनमन्त्री रहँदा र त्यसको दस वर्षपछि प्रधानमन्त्री हुँदा अमात्यले प्रमुख स्वकीय सचिव भएर काम गरेका थिए। झलनाथ खनालको आर्थिक क्रियाकलापबारे पूर्ण जानकारी राख्ने अमात्यलाई एक्कासी मन्त्री बनाइनुलाई पार्टी पंक्तिभित्रै आश्चर्यको रुपमा हेरिएको थियो।

किन दिए राजीनामा?
पूर्व प्रधानमन्त्री खनालका नाताले ज्वाइँ पर्ने भीम आचार्यलाई हटाएर मन्त्री बनाइएका अमात्यले नौ महिनामै राजीनामा दिनुपर्ने त्यस्तो के स्थिति निम्तियो त ?
उनी निकट तथा पार्टी स्रोतहरुले एउटै विषय इङ्गित गरेका छन्- दबाब। मन्त्रालय अन्तर्गतका विभिन्न निकायमा राजनीतिक नियुक्तिका लागि आउने गरेको दबाब थेग्न नसकेर उनले राजीनामा दिएको उनीहरु बताउँछन्।

तपाईको प्रतिक्रिया