Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं– एकीकृत नेकपा माओवादीले पुनःनिर्माण अभियान सुरु गरेको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सो पार्टीले पुनःनिर्माण अभियान सुरु गरेको हो । राष्ट्रिय श्रम अभियान २०७२ नाम दिइएको सो अभियान अन्र्तगत अध्यक्ष दाहालले टाउकोमा हेलमेट लगाएर युवाहरुलाई ह्यामर प्रदान गर्नुभएको थियो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भन्नुभयो, ‘‘हामी नवनिर्माणमा जुटेका छौँ, विगतका आन्दोलनहरूमा जस्तै एकतावद्ध भएर जनताको सेवा गर्नेछौँ । एमाओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा भूकम्पबाट प्रमुखरुपमा प्रभावित १४ जिल्लामा खटिने पार्टी नेता तथा कार्यकर्तालाई विदाई गर्न कार्यक्रम आयोजना गरिएको थियो ।

एमाओवादीले यही जेठ ८ गतेदेखि भूकम्पले बढी प्रभाव पारेका १४ जिल्लामा विशेष टोली परिचालन गरेर पुनःनिर्माण अभियान सञ्चालन गर्न लागेको छ । अध्यक्ष दाहालले सिन्धुपाल्चोकमा पुनःनिर्माण अभियानको नेतृत्व गर्ने र एक हप्तासम्म श्रम शिविर सञ्चालन गर्नुहुनेछ ।

सो जिल्लामा सचिव वर्षमान पुन, अग्निप्रसाद सापकोटा, कालीबहादुर मल्ल तथा रामचन्द्र शर्माको नेतृत्वमा टोली परिचालन हुनेछ । सिन्धुपाल्चोकमा झापा, मोरङ, सुनसरी, रोल्पा र म्याग्दी जिल्ला तथा भेरी, कर्णाली अञ्चलका सबै जिल्लाका पार्टी नेता तथा कार्यकर्ता परिचालित हुनेछन् ।

यस्तै, गोरखामा पुनःनिर्माण अभियानको नेतृत्व वरिष्ठ नेता डा बाबुराम भट्टराई, जनार्दन शर्मा, हितराज पाण्डेलगायतका नेताहरूले नेतृत्व गर्नुहुनेछ । दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर जिल्लाका नेता तथा कार्यकर्ता र भातृ सङ्गठनका प्रतिनिधि पनि अभियानमा सहभागी हुनेछन् ।

यस्तै, दोलखामा उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा नेताहरू उर्मिला अर्याल तथा गणेशमान पुन, बारा, पर्सा, रौतहट जिल्ला र भातृ सङ्गठनका नेता तथा कार्यकर्ताहरू पचिालित हुनेछन् । काठमाडौँमा महासचिव कृष्णबहादुर महराको नेतृत्वमा पुनःनिर्माण टोली परिचालित हुनेछ । सो टोलीमा नन्दकिशोर पुन, देवेन्द्र पौडेल, हिसिला यमी, झक्कुप्रसाद सुवेदीलगायतका नेता तथा कार्यकर्ताले नेतृत्व प्रदान गर्नुहुनेछ ।

यस्तै, धादिङमा सचिव टोपबहादुर रायमाझी, नुवाकोटमा सचिव गिरिराजमणि पोखरेलको नेतृत्वमा चक्रपाणि खनाल, डिलाराम आचार्य परिचालित हुनुहुनेछ । नवलपरासी, रुपन्देही, कपिलवस्तु जिल्लाका नेता तथा कार्यकर्ता पनि सो जिल्लामा परिचालित हुनेछन् ।

सिन्धुलीमा कोषाध्यक्ष हरिबोल गजुरेल र गङ्गानारायण श्रेष्ठ, रसुवामा नवराज सुवेदीको नेतृत्वमा कैलाली, कञ्चनपुर, दार्चुला, बैतडी, अछाम र प्यूठानका नेता तथा कार्यकर्ता परिचालित हुने एमाओवादीले जनाएको छ । ललितपुरमा शक्तिबहादुर बस्नेतको नेतृत्वमा पुनःनिर्माण टोली परिचालित हुनेछन् भने काभ्रेपलान्चोक जिल्लामा लीलामणि पोखरेलको नेतृत्वमा सर्लाही, महोत्तरी जिल्लाका नेता तथा कार्यकर्ता परिचालित हुने जनाइएको छ ।

भक्तपुरमा रामचन्द्र झाको नेतृत्वमा लेखराज भट्ट, धनबहादुर मास्की, पूर्व लडाकुहरू, वाइसिएल, अखिल (क्रान्तिकारी) का नेता तथा कार्यकर्ता परिचालित हुने जनाइएको छ । एमाओवादीकाअनुसार रामेछापमा विश्वभक्त दुलालको नेतृत्वमा धनुषा, सप्तरीका नेता तथा कार्यकर्ता परिचालित हुनेछन् । सोलुखुम्बुमा सुरेशकुमार राई, ओखलढुङ्गामा टङ्क आङबुहाङ तथा मकवानपुरमा नारायण दाहाल नेतृत्वको टोली परिचालित हुने जानकारी दिइएको थियो ।

अध्यक्ष दाहालले पुनःनिर्माण टोलीमा सहभागी हुने नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै भन्नुभयो, ‘‘हामी आफ्नै खुट्टामा उभिएर नयाँ नेपाल निर्माण गर्न चाहन्छौँ । पीडामा परेका जनतालाई हाम्रो सानो सहयोग प्रदान गर्नेछाँै र पुनःनिर्माण गर्नेछाँै ।’’ उहाँले भूकम्पपीडित जनतालाई वास्तवमै राहत दिन र मन जित्न पार्टी नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

‘‘विकेन्द्रीत रुपमा परिचालित भएका नेता तथा कार्यकर्तालाई केन्द्रीकृत रुपमा पुनःनिर्माणका लागि लगाउन हामीले विशेष अभियान सञ्चालन गरेका हाँै’’, पार्टी महासचिव कृष्णबहादुर महराले भन्नुभयो । एमाओवादीले पुनःनिर्माणमा डेढ लाखभन्दा बढी नेता तथा कार्यकर्ता परिचालित हुने पनि जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया