Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं– ग्लोबल फेयरनेस इनिसियटिभ एन्ड ब्रिक क्लिन ग्रुप नेपालले सहरी विकास मन्त्रालयको सहकार्य र अमेरिकी इन्जिनियरको सक्रियतामा दुई हजार भवनको प्राविधिक परीक्षण गरेको छ ।

प्राविधिक जाँच गरी प्रतिवेदन मन्त्रालयमा बुझाइएको अभियानकर्मी होमराज आचार्यले बिहिबार आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो । “मन्त्रालयले उपयुक्त समयमा प्रतिवेदन सार्वजनिक गर्नेछ, बाँकी भवनमा जाँचका लागि हामी लागिपरेका छौं, सांस्कृतिक सम्पदा र निजी भवन गरी दुई हजारमा हामीले जाँच गरी तयार पारेको प्रतिवेदन मन्त्रालयमा बुझाएका छौं,”उहाँले भन्नुभयो ।

प्राविधिक अध्ययनमा अमेरिकाका १८ जना भूकम्पलगायत प्राकृतिक प्रकोपमा काम गरी अनुभव बटुलेका विशेषज्ञ इन्जिनियरको सहभागिता रहेको थियो । कार्यक्रममा अमेरिकी इन्जिनियर स्कट डग्लसले भूकम्पबाट चिरिएका अधिकांश घर बस्न अयोग्य भएको बताउनुभयो । “यस्ता भवनमा नबसी सुरक्षित स्थानमा सर्न सम्बन्धितलाई सुझाव दिएका छौँ”–उहाँले भन्नुभयो ।

हाइटी र अमेरिकाका विभिन्न स्थानमा भएका प्राकृतिक प्रकोपमा काम गरेका इन्जिनियरको थप एउटा समूह बिहिबार काठमाडौँ आउन लागेको छ । समूहले हनुमानढोकाको पुनःनिर्माणमा सघाउने प्रतिबद्धतासमेत जनाएको छ ।

जाँचमा संलग्न समूहमा डेबिड विग्स, अमेरिकामा कार्यरत नेपाली इन्जिनियर सविना सुराना, जेम्स एम कान्गी, पेटर अपसल, चारिज हेज, केल्ली नलेज र जर्ज स्टेभेन्सनलगायत विज्ञको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया