Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं- नेपालमा गत महिना गएको र व्यापक क्षति पुर्‍याउने भूकम्पका कारण करिब १० लाख बालबालिका विद्यालय फर्कन नसकेको र यसले आपत्कालमा शिक्षाका समस्या समाधान गर्नुपर्ने आवश्यकतालाई उजागर गरेको संयुक्त राष्ट्र सङ्घले जनाएको छ ।

संयुक्त राष्ट्र सङ्घका उपप्रवक्ता फरहान हकले दैनिक रूपमा दिइने सूचनामा नेपालका करिब १० लाख बालबालिका विद्यालय फर्कन नसकेको बताउँदै शिक्षा क्षेत्रमा आपत्कालका लागि माग गरिएको सहयोगमा १.३ प्रतिशत मात्र कोष उपलब्ध भएको बताउनुभयो । उहाँले बालबालिकालाई जोखिममा राख्दा उनीहरू बेचबिखन, बाध्यकारी श्रम तथा दुब्र्यवहारको जोखिममा पर्ने बताउनुभयो ।

विश्वव्यापी शिक्षाका लागि संयुक्त राष्ट्र सङ्घका महासचिवका दूत गोर्डन ब्राउनले नेपालमा विपत्तिले आपत्कालमा शिक्षाका समस्या तत्कालै समाधान गर्नुपर्ने आवश्यकतालाई उजागर गरेको बताउनुभयो । हकले तत्कालै सहयोगका लागि गर्नुपर्ने कामका लागि खर्च उपलब्ध गराउन विश्वव्यापी मानवीय कोषको आवश्यकता भएको बताउनुभयो ।

नेपालको शिक्षा मन्त्रालयले करिब १२ हजार ५५० कक्षा कोठा तथा विद्यालयमा पानी आपूर्ति गर्ने एक हजार १६ प्रणाली पूर्णतया नष्ट भएको जानकारी दिएको छ । यहाँका चार हजार ७० कक्षा कोठामा मुख्य रूपमा चर्केका र अन्य छ हजार ८८९ कोठा सामान्य रूपमा चर्केको जानकारी दिइएको छ ।

नेपाल सरकारले विद्यालय मे २९ मा पुनः खुला हुने जानकारी दिएको छ ।

संयुक्त राष्ट्र सङ्घ बाल कोषका नेपालका प्रतिनिधि टोमु होजुमीले यस महिनाको आरम्भमा शिक्षामा अवरुद्धता कम गर्न तथा बालबालिकालाई हिंसा तथा बेचबिखनको जोखिमबाट जोगाउन विद्यालय समयमै खुल्नुपर्ने बताउनुभएको थियो ।

तपाईको प्रतिक्रिया