Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाण्डाै : विनाशकारी महाभुकम्पबाट घाइते भएकाहरुलाई भेट्न राष्ट्रपति डा. रामवरण यादव धुलिखेल अस्पतालमा पुग्नु भएको छ ।
बुधबार अस्पताल पुगेका यादवले अस्पतालमा भर्ना भएका विरामी र उनीहरुका आफन्तसँग कुराकानी गर्नुभई उनीहरुको अवस्थाबारे जानकारी लिनुभएको थियो ।
धुलिखेल अस्पतालमा काभ्रे, सिन्धुपाल्चोक, दोलखा र सिन्धुलीलगायतका जिल्लाका घाइतेहरुलाई उपचारका लागि भर्ना गरिएको अस्पताल स्रोतले बताएको छ ।
राष्ट्रपति यादवले घाइतेहरुसँग कुराकानी गर्नुभई यस विशम परिस्थितिमा नआत्तिन आग्रह गर्नुभयो । उहाँले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुहुँदै भूकम्पले निम्त्याएको आतपतकालीन अवस्थामा अस्पतालले दिएको प्रभावकारी सेवाको पनि प्रसंशा गर्नुभएको थियो ।***

तपाईको प्रतिक्रिया