Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

टोकियो- वैशाख १४ गतेको भूकम्प पीडितहरुका लागि जापानी कम्पनी मियामोतो इन्टरनेसनलले सस्तो मूल्यमा सुरक्षित आवास निर्माणमा सहयोग गर्न चाहेको इन्टनेसनलका प्रमुख कार्यकारी अधिकृत डा. एचकिट मियामोतोले बताएका छन् । उनले करिब दुई लाख रुपैयाँ खर्च गरेर स्थानीय स्रोतबाट घर बनाउन आफ्नो कम्पनी तयार रहेको बताए ।

भूकम्प पीडितहरुलाई सहयोग गरिरहेका निजी कम्पनी, अन्तर्राष्ट्रिय संघसंस्था र सरकारी निकायसँग समन्वय गरेर काम गर्न तयार रहेको उनले बताए । उनले इँटा जोडेर बनाइने परम्परागत शैलीलाई बदलेर यसलाई थप सुरक्षित र राम्रो बनाउन सकिने बताए । नेपालको संस्कृति र परम्परालाई कायम राख्दै नयाँ निर्माण गर्न मुस्किल छ ।

मियामोतो इन्टरनेसनलले पहिलो शक्तिशाली भूकम्प गएको ४८ घन्टाभित्र अध्यनन गर्न तीन देशका विज्ञ पठाएको थियो । त्यो समूहले वित्तीय संरचना, स्कुल, अस्पताल तथा घर पूर्ण क्षति भएको र ध्वस्त भएका गाउँहरु ९० प्रतिशतसम्म चर्किएको ठहर गरेको छ । विज्ञ समूहले क्षति पुगेका तथा बाँकी रहेका संरचना तथा घरलाई कसरी भूकम्प प्रतिरोध, बलियो निर्माण र पुनःनिर्माण गर्ने भन्ने जानकारी दिएको छ। उनले राम्रो प्रविधिबाट बनाइएका इँटा र ढुंगाका जोडाइ पनि राम्रै हुन्छ तर प्रविधि राम्रो भएन भने खतरनाक हुन सक्छ । उनका अनुसार मियामोतो इन्टरनेसनलसँग हाइटी, जापान र चीनदेखि टर्की, इटाली, न्युजिल्यान्डसम्मको भूकम्पपछिको पुनःनिर्माणमा अनुभव छ ।

मियामोतोले सन् २०१० यता ४ लाख ३० हजार भवन निरीक्षण गरिसकेका छन् । त्यस्तै, १२ हजार घर पुनःनिर्माण गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया