Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं- श्रीमतीलाई ‘किस’ खाएको फोटो फेसबुकमा सार्वजनिक गर्ने डिआइजी विजय भट्ट कारबाहीमा परेका छन् ।

सामाजिक सञ्जालको प्रयोगसम्बन्धि निर्देशिका विपरीत कार्य गरेको ठहर गर्दै संगठनले उनलाई कारवाही स्वरुप उनलाई सचेत गराएको छ ।

देश र नागरिक भूकम्पपीडामा छट्पटिरहेका बेला प्रहरी अफिसरले अमर्यादित फोटो पोस्ट गरेपछि यो आमचासोको विषय बनेको हो । प्रहरी बर्दीमै उनले आफ्नी श्रीमतीलाई चुम्बन गरेको तस्बिर पोष्ट गरेका छन् ।

बर्दी लगाएको बेलामा श्रीमतीलाई चुम्बन गरेको तस्वीर सामाजिक संजालमा पोष्ट गर्दा पनि प्रहरी मुख्यालयले तल्लो तहका प्रहरीले यस्तो गर्दा स्पष्टिकरण लिने गर्दथ्यो । तर, अफिसरले नै यस्तो अमर्यादीत काम गरेपछि उनलाई कसैले केही सोध्ने आँट गरेको छैन ।

तपाईको प्रतिक्रिया