Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – गोरखापत्र संस्थानको प्रमुख प्रकाशन गोरखापत्र दैनिकको निमित्त प्रधानसम्पादकमा कमलप्रसाद रिजाल नियुक्त हुनुभएको छ ।

अर्को व्यवस्था नभएसम्मका लागि गोरखापत्र संस्थानले रिजाललाई मङगलबार निमित्त प्रधानसम्पादकमा नियुक्त गरेको हो । यही जेठ ६ गतेदेखि लागू हुने गरी निमित्त प्रधानसम्पदकमा नियुक्त रिजाल यसअघि गोरखापत्र दैनिकको निमित्त प्रवन्ध सम्पादक पदमा कार्यरत हुनुहुन्थ्यो ।

गोरखापत्रको कायममुकायम प्रधानसम्पादक सीताराम अग्रहरि उमेर हदका कारण मङगलबार सेवानिवृत्त हुनुभएपछि प्रधानसम्पादक पद रिक्त भएको हो । गोरखापत्र संस्थानका महाप्रवन्धक सुशील कोइरालाले रिक्त प्रधानसम्पादकमा रिजाललाई जिम्मेवारी दिनुभएको हो ।
धादिङ जिल्ला गुम्दी गाउँ विकास समिति वडा नम्बर ७ सालदुम (सालमेटार) मा २०१५ साल भदौ ५ गते जन्मनुभएका रिजाल २०४८ सालमा गोरखापत्र दैनिकको तह ७ को उपसम्पादकका रुपमा संस्थानमा सेवा प्रवेश गर्नुभएको थियो । उहाँले साहित्यमा स्नातकोत्तर गर्नुभएको छ ।

संस्थानको पत्रकारिता सेवा नेपाली समूहको तह १० मा कार्यरत कार्यकारी सम्पादक रिजाल तीन महिनाअघि तह ११ को निमित्त प्रवन्ध सम्पादकमा नियुक्त हुनुभएको थियो । विगतमा युवामञ्च मासिकको सम्पादकको दायित्वसमेत सम्हालिसक्नुभएका उहाँले गोरखापत्र दैनिकको लेख रचना शाखाको संयोजक भई लामो समयसम्म जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।

आध्यात्मदर्शनमा नियमित स्तम्भ लेख्दै आउनुभएका रिजालको करीब दुई हजार पाँचसय लेख रचना विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका छन् । सुकर्म र पृथा दुई वटा उपन्यासका लेखक रिजाललाई सुकर्म उपन्यासका लागि गत वर्ष कुमार सरस्वती उत्कृष्ट साहित्य पुरस्कार प्रदान गरिएको थियो ।

निमित्त प्रधानसम्पादकको नियुक्ति पाएपछि रिजालले गोरखापत्रलाई अझ पठनीय, विश्वसनीय बनाउन आफू मन वचन र कर्मले लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘गोरखापत्रले आर्जन गरेको जनविश्वासलाई थप प्रगाढ बनाउनेछु, बढदो प्रतिस्पर्धामा गोरखापत्रलाई खरो उतार्नेतर्फ प्रयासरत रहनेछु’, उहाँले भन्नुभयो । रासस

तपाईको प्रतिक्रिया