Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं- भूकम्पमा परी हालसम्म आठ हजार ६१७ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार हालसम्म वैशाख १२ गतेको भूकम्पमा परी आठ हजार ४६८ जना र २९ गतेको भूकम्पमा परी १४९ जनाको मृत्यु भएको हो । हालसम्म आठ हजार ५४४ जनाको शव आफन्तलाई बुझाइएको र घाइतेमध्ये छ हजार ६६ जनाको उपचार भइरहेको छ ।

यसैबीच, गएको बैशाख १२ गतेको भूकम्पपछि पराकम्पन आउनेक्रम भने क्रमशः कम हुँदै गएको छ । हिजो दिनभरमा तीन ओटा पराकम्पन गएका थिए भने बिहान दुई पटक फेरि पराकम्पन महसुस गरिएको छ । बिहान ४ बजेर ३४ मिनेटमा दोलखा केन्द्रविन्दु बनाएर ४.३ म्याग्निच्यूटको मराकम्पन महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । हिजोकोजस्तै आज पनि झन्डै १२ घन्टापछि पराकम्पन महसुस गरिएको हो । हिजो साँझ ६ बजेर २७ मिनेटमा धादिङ र गोरखालाई केन्द्रविन्दु बनाएर ४.१ म्याग्निच्यूटको पराकम्पन महसुुस गरिएको थियो । गएको बैशाख १२ गतेको भूकम्पपछि पराकम्पन क्रमशः घट्दै गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया