Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं- नेपाल क्रिकेट संघ क्यानले टी- २० विश्वकप छनोट र आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनपसिपमा स्कटल्याण्डसँगको खेलका लागि २२ प्रारम्भिक नेपाली टोली घोषणा गरेको छ ।

अनिल मण्डल, महेश क्षेत्री, पृथु बास्कोटा, शौरभ खनाल, सिद्धान्त लोहनी र हरिशंकर साहलाई पनि बन्द प्रशिक्षणमा बोलाइएको छ ।

क्यानले ५० खेलाडी छनोट गरेर प्रतियोगिता गर्ने तयारी गरेको भए भूकम्पका कारण हुन नसकेको क्यानले जनाएको छ । पारस खड्का, शरद भेसवाकर, बसन्त रेग्मी, सोमपाल कामी, करण केसी, सुवास खकुरेल, ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, सागर पुन, विनोद भण्डारी र भुवन कार्कीलाई पनि २२ सदस्यीय टोलीमा परेका छन् । प्रदिप ऐरी, जितेन्द्र मुखिया, पृथु बास्कोटा, अनिल मण्डल, मेहबुब आलम, राजेश पुलामी र अभिनाश कर्णलाई पनि बन्द प्रशिक्षणमा बोलाइएको छ ।
पछिल्लो समय टीममा रहेका नरेश बुढायर बन्द प्रशिक्षणका लागि छनोट हुन सकेनन् । राहुल विक, राम नरेश गिरी र अमृत श्रेष्ठ पनि प्रारम्भीक टोलीमा पर्न सकेनन् । २२ सदस्यी टोली जुन पहिलो साता भारत जानेछ । ***

तपाईको प्रतिक्रिया