Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाण्डाै-अमेरिकी राष्ट्रपति बराक ओबामा पनि सामाजिक सञ्जाल ट्वीटरमा जोडिएका छन् । सोमबार ओबामाले पहिलो ट्वीट गर्दै, ‘हेलो ट्विटर, म बराक ।। वास्तवमै ! छ वर्षपछि मलाई मेरो ट्वीटर अकाउण्ट प्राप्त भो’ – भनेर लेखेका छन् ।
त्यसो त उनलाई फलो गर्ने पहिलो ब्यक्ति बनिन् ओबामाकै पत्नी मिशेल ओबामा । त्यसपछि उनलाई भारतका उपराष्ट्रपति जो बाइडनले फलो गरेका थिए ।
ओबामाको ट्विटर ह्याण्डल @POTUS रहेको छ ।
यस अघि ओबामाले @BarrackObama र @WhiteHouse को ह्याडलबाट ट्वीट गर्थे । उनका ट्वीट ‘BO’ लेखिएको हस्ताक्षर समेत हुने गर्थ्यो ।
बराक ओबामालाई किन ट्विटर अकाउन्ट प्राप्त गर्न यतिका समय लाग्यो भनेर ह्वाइट हाउसले कुनै विवरण सार्वजनिक गरेको छैन । तर ओबामाले ६ वर्ष पछि आफ्नो अकाउण्ट प्राप्त भएको लेखेका छन् ।***

तपाईको प्रतिक्रिया