Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं- सरकारले ईपीएस भाषा परीक्षा आगामी असोज २ र ३ गते सञ्चालन गर्ने निर्णय गरेको छ।

श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङको अध्यक्षतामा बसेको बैठकले भाषा परीक्षा सञ्चालन गर्ने मिति तोकेको हो।

श्रम तथा रोजगार मन्त्रालय, ईपीएस कोरिया शाखासहित सरोकारवाला निकाय सम्मिलित बैठकले परीक्षा असोज २ र ३ मा आयोजना गर्ने निर्णय गरेको हो। दुई शक्तिशाली भूकम्पपछि परीक्षा सार्ने अनौपचारिक सहमति गरिए पनि मिति भने तोकिएको थिएन।

परीक्षा लामो समयसम्म पर सरेकाले यसअघि तोकिएको केन्द्रसमेत परिवर्तन हुने भएको छ। राजधानी र बाहिरका जिल्लामा कायम गरिने परीक्षा केन्द्रका बारेमा केही दिनपछि जानकारी गराउने ईपीएस कोरिया शाखाले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया