Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं- भूकम्प पीडितहरुको लागि सरकारले सञ्चालन गर्ने राहत, पुनस्थापना र पुनर्निमाणकार्यको अनुगमनका लागि गठन भएको संसद्को राष्ट्रिय विपद व्यवस्थापन अनुगमन तथा निर्देशन समितिले अब मन्त्रीहरुको पनि अनुगमन गर्ने भएको छ ।

मन्त्रिपरिषदले गत शनिबार मन्त्रीहरुलाई भूकम्पबाट बढी प्रभावित क्षेत्रमा पठाउने निर्णय संसद्कै सुझावमा गरेको भन्दै अब मन्त्रीहरुको कामकारवाहीबारे अनुगमन गर्न लागेको हो ।

समितिको बैठकमा मन्त्रीहरु प्रभावित क्षेत्रमा पुगे नपुगेको विषयमा अनुगमन गर्ने निर्णय गर्न लागेपनि सरकारले निर्णय मात्र गरेको भन्दै अर्को बैठकमा त्यो निर्णयसहित अनुगमन थाल्ने सहमति भएको छ ।

एमाले सांसद् गोकर्ण विष्टले मन्त्रिपरिषदले गरेका निर्णय कार्यान्वयनको अवस्थाका विषयमा पनि अब तत्काल अनुगमन थाल्नुपर्ने भन्दै मन्त्रीहरु गए नगएको विषयमा अहिले १४ जिल्लामा गएको संसदीय टोलीलाई नै अनुगमनको निर्देशन दिन प्रस्ताव गरेका थिए ।

तपाईको प्रतिक्रिया