Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– वैशाख १२ र २९ गतेको ठूलो भूकम्पपछि स साना पराकम्पन गइरहेका छन् ।
मंगलबार बिहान एउटा सानो पराकम्पन गएको छ । बिहान ४ बजेर ३४ मिनेटमा ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प दोलखा केन्द्रविन्दु भएर गएको हो । सोमबार तीनवटा पराकम्पन गएका थिए ।

झण्डै एक महिनादेखि भूकम्पको त्रासमा रहेको राजधानीको जनजीवन सामान्यतर्फ फर्किन थाले पनि २९ गतेको भूकम्पपछि खुला स्थानमा गएका सर्वसाधारण भने अझै घर फर्कन सकेका छैनन् ।

वैशाख १२ गतेको महाभूकम्पपछि करिब डेढ हप्तापछि जनजीवन सामान्य हुँदै गर्दा फेरि २९ गते अर्को ठूलो भूकम्प आएपछि थप त्रास उत्पन्न भएको थियो । तर पराकम्पहरु पनि कम हुँदै गएपछि काठमाडौं उपत्यकामा पनि सवारी साधनहरु बढी गुडेको छ भने बजार पसलहरु पनि खुल्ने क्रम बढ्दै गएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया