Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

कञ्चनपुर- कञ्चनपुरको भीमदत्तनगरबाट दार्चुलातर्फ गइरहेको ना ५ ख १६८५ नंको यात्रुबाहक बस डडेल्धुराको मेलखर्कमा दुर्घटना हुँदा सात जनाको मृत्यु हुनाका साथै ३५ जना घाइते भएका छन् ।

सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक रामकुमार खनालले मृतकमध्ये चार जनाको सनाखत भइसकेको जानकारी दिनुभयो । सनाखत हुनेमा डडेल्धुराको जोगबुडाका राजमती धामी र धामखेतका डम्बर धामी तथा दार्चुलाको अपि नगरपालिकाका चरुली देवी धामी छन् ।

क्षेत्रीय प्रमुख खनालका अनुसार दुर्घटनामा परी महादेव भट्टको पनि मृत्यु भएको छ । मृतक भट्टको ठेगाना खुलेको छैन ।

तपाईको प्रतिक्रिया