Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौँ- एकीकृत नेकपा (माओवादी)ले भूकम्पबाट प्रभावित जिल्लामा निर्माणका लागि यही जेठ ८ देखि १५ गतेसम्म ‘राज्य पुनःनिर्माण अभियान’ चलाउने भएको छ ।

एमाओवादीको केन्द्रीय कार्यालयमा बसेको विस्तारित बैठकले यो अभियान भूकम्प प्रभाववितको उद्धार, राहत र पुनःस्थापनाका लागि सो अभियान सुरु गर्ने निर्णय गरेको हो । बैठकले अभियानको नेतृत्व कसले कहाँ गर्ने भन्नेसमेत विभाजन गरेको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सिन्धुपाल्चोक, वरिष्ठ नेता डा बाबुराम भट्टराईको नेतृत्वमा गोरखा र उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा दोलखा जाने तय भएको एमाओवादी प्रवक्ता दीनानाथ शर्माले बताउनुभयो ।

आगामी केन्द्रीय विस्तारित बैठकमा राज्य पुनःनिर्माण योजना अविलम्ब बनाउन कमिटी निर्माण गर्ने सैद्धान्तिक सहमति भएकोसमेत उहाँले जानकारी दिनुभयो । उक्त अभियानमा ७५ वटै जिल्लाबाट सुत्केरी, रोगी र अशक्त सदस्यबाहेक सबै एमाओवादी कार्यकर्ता स्वयंसेवकका रुपमा भूकम्प प्रभावित जिल्ला जाने निर्णय भएको छ ।

एमाओवादीले ७५ वटै जिल्ला समिति, परिषद्, पूर्वलडाकु र वाइसिएलका सबै सदस्यलाई स्वयंसेवकका रुपमा परिचालन गर्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयो । राष्ट्रिय स्वयम्सेवक परिचालनका लागि पूर्वडेपुटी कमान्डर वर्षमान पुन, नन्दकिशोर पुन, जनार्दन शर्मा, चन्दप्रकाश खनालसहित तत्कालीन डिभिजन कमान्डरले नेतृत्व गर्ने निर्णय भएको छ ।

अभियानअन्तर्गत प्रारम्भमा उद्धार, राहत र पुनर्वासको व्यवस्था गर्ने, भूकम्पमा परी क्षति भएका विद्ययालयका भवनको पुननिर्माण गरी पठनपाठनको वातावरण व्यवस्था गर्ने र स्वास्थ्य चौकी निर्माणमा सहयोग गर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया