Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– परराष्ट्र मन्त्रालयले सरकारको आह्वान अनुरुप भूकम्पपीडित मुलकलाई भरथेग गर्न अन्तर्राष्ट्रिय सहयोग प्राप्त भइरहेको र भविष्यमा पनि अन्तर्राष्ट्रिय समुदायबाट निरन्तर त्यस्तो सहायता जुटाउन कूटनीतिक प्रयासलाई अझ घनीभूत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रालयमा सोमबार अपराह्न आयोजित पत्रकारसम्मेलनामा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले आपत्कालीन अवस्थामा मानवीय सहयोग जुटाउन मन्त्रालय लागिपरेको बताउनुभयो ।

वर्तमान परिस्थितिमा नेपाल र नेपाली जनताप्रति अन्तर्राष्ट्रिय समुदायबाट व्यक्त भएको सद्भाव र सहयोगको भावनालाई मुलुक र जनताको दीर्घकालीन हितमा परिणत गर्न र मित्रराष्ट्रहरूबाट निरन्तर सहयोग र सद्भाव प्राप्त गर्न कूटनीतिक प्रयासलाई भविष्यमा अझ सुदृढ बनाउने उहाँले बताउनुभयो ।

हालसम्म विभिन्न मित्रराष्ट्र, एसियाली विकास बैंक र विभिन्न विदेशी संघ संस्था एवम् व्यक्तिसमेतबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि एक अर्ब ६३ करोड ५० लाख ६९ हजारस १०७ प्राप्त भएको जानकारी मन्त्री पाण्डेले दिनुभयो ।

विदेशस्थित नेपाली नियोगको सक्रियतााम विभिन्न संघ संस्था र व्यक्तिबाट प्राप्त रु २८ करोड ९५ लाख ३२ हजार ८४६ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिल गर्नेगरी प्राप्त भएको उहाँले बताउनुभयो ।

नेपालमा आपत्कालीन उद्धार, पुनःस्थापना तथा पुनःनिर्माणका लागि ऐक्यबद्धता जनाउँदै संयुक्त राष्ट्रसंघको महासभाले सर्वसम्मतमा नेपालसम्बन्धी प्रस्ताव पारित गर्न महासचिव बान कि मुनले नेपालप्रति ऐक्यबद्धता प्रकट गर्दै महासभामा मन्तव्य दिनु र १२७ राष्ट्रले प्रस्तावको समर्थन गर्नुले नेपाल र नेपालीप्रति अन्तर्राष्ट्रिय समूदायको पर्याप्त समर्थन र सहयोग रहने स्पष्ट भएको जानकारी परराष्ट्र मन्त्रीले दिनुभयो ।

तपाईको प्रतिक्रिया