Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौँ- सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले वर्तमान सरकारलाई राष्ट्रिय स्वरुप दिन प्रधानमन्त्री सुशील कोइराला तयार रहेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले भृकुटीमण्डपस्थित चौरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री डा रिजालले प्रधानमन्त्री कोइरालाले आफ्नो नेतृत्वको सरकार गठन भएदेखि नै लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गराउन राष्ट्रिय स्वरुप दिनका लागि आह्वान गर्दै आउनुभएको र अहिलेको विपत्तिको स्थितिपछि अन्य दलको पनि राष्ट्रिय सरकारका प्रति अभिरुचि बढ्नुलाई सकारात्मक मान्नुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो–“यो सरकारलाई राष्ट्रिय बनाउनुपर्छ भनेर हामीले सुरुदेखि नै भन्दै आएको हो र अहिलेको अवस्थामा त्यो भावना बढेको छ, यसलाई सकारात्मकरुपमा लिनुपर्छ र प्रधानमन्त्री कोइराला त्यस्तो सरकारको नेतृत्व लिन तयार हुनुहुन्छ ।”

उहाँले विपत्तिको समयमा आशङ्का र दोष लगाएर पीडितलाई फाइदा नहुने भएकाले राज्य र सरकारको बारेमा नकारात्मक टिप्पणी नगरी सबैतिरबाट सहयोग गरी पीडित जनतालाई लाभ दिन आग्रह गर्नुभयो । उहाँले उद्धारका काम करिब सकिएका समयमा २९ वैशाखको पराकम्पनले थप जटिलता उत्पन्न भएको र वर्षा पनि आउन लागेकाले त्रिपालले मात्रै नधान्ने भएकाले टहरा बनाउन सरकारले रु १५ हजार सहयोग दिने निर्णय गरेको बताउनुभयो । उहाँले हाल करिब १२ लाख जस्तापाता आवश्यक भएको र त्यसका लागि दुई तिहाइभन्दा बढी जस्तापाता विदेशबाट ल्याउनुपर्ने भएकाले त्यसमा लाग्ने भन्सार छुटको प्रबन्ध गरिने उल्लेख गर्नु भयो ।
आफैँ आश्रयस्थल बनाउनेलाई अनुदान र आवश्यक पर्नेलाई सहुलियत दरमा ऋण उपलब्ध गराउने सञ्चारमन्त्रीले जानकारी दिनुभयो ।

उहाँले क्षति भएका सञ्चारगृह र पत्रकारिताका संस्थासँग आफूले छलफल र भ्रमण गर्न थालेको बताउँदै क्षतिको आङ्कलन गरी क्षतिपूर्तिको कार्ययोजना बनाउने विश्वास दिलाउनुभयो । उहाँले भूकम्पको पराकम्पनका समयमा पनि समाचार वाचन गरिरहनुपर्ने सञ्चारमाध्यमको दायित्वलाई सरकारले उचित मूल्याङ्कन गरेको बताउनुभयो । घरविहीनलाई राख्न भुटानी शरणार्थी वा पूर्वमाओवादी सेनाका अस्थायी शिविरलाई प्रयोगमा ल्याउन सक्ने बारेमा छलफल भए पनि त्यसमा सम्बन्धित पीडित जनताको राय लिएर अगाडि बढ्ने उल्लेख गर्नु भयो ।

तपाईको प्रतिक्रिया