Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं- भूकम्पबाट पीडितलाई राहत, उद्धार एवम् पुनःनिर्माणका लागि सहयोग गर्न नेपाली कांग्रेसद्वारा गठित समितिले पार्टीका सम्पूर्ण कार्यकर्तालाई कम्तिमा सात दिन श्रमदान गरी पीडित परिवारजनको मद्दतमा उत्रन आह्‍वान गरेको छ।

पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा सेको आठैवटा समितिको संयुक्त बैठकले आ–आफ्ना गाउँ, टोल छिमेक र वरपर विनाशकारी भूकम्पले निम्त्याएको महाविपत्तिमा परी घर भत्किएर बिचल्लीमा परेका जनतालाई सहयोग गर्न काँग्रेसका विभिन्न निकाय एवम् भातृ तथा शुभेच्छुक संस्थालाई पनि आग्रह गरेको छ।

भूकम्पबाट प्रभावित नभएका वा कम प्रभावित जिल्लाका पार्टी एवम् भातृ तथा शुभेच्छुक संस्थाका कार्यकर्ता आ–आफ्नो ठाउँमा राहत सङ्कलन गर्न तथा दक्ष–अर्धदक्ष जनशक्तिसहित प्रभावित ठाउँमा पुगी घर, टहरा एवम् अस्थायी शिविर निर्माणका लागि प्राविधिक सरसल्लाहअनुरुप स्वयंसेवी भावनाका साथ युद्धस्तरमा जुट्न पनि समितिले आह्वान गरेको हो ।

तपाईको प्रतिक्रिया