Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– सरकारले जेठ १५ अगावै बाढी पहिरोको जोखिम रोकथामका लागि कार्यक्रमसहित बजेट निकासा गर्ने भएको छ ।

भूकम्पबाट क्षतविक्षत जमिन जोगाउन र पीडितको पुनर्वासको व्यवस्था गर्न कार्यक्रमसहित बजेट निकासा गर्न लागेको हो । भूकम्पले धाँजा फाटेको जमिन र मलिलो माटो संरक्षणका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाउन आफूहरू जुटेको वन तथा भू–संरक्षण मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले बताउनुभयो ।

सरकारले जमिन जोगाउने र पुनर्वासको प्रबन्ध गर्न भू-तथा जलाधार संरक्षण विभाग, जल उत्पन्न प्रकोप नियन्त्रण विभागलाई निर्देशन दिएको तथा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रलाई पनि यसै अनुरुपको योजना तर्जुमा गर्न अनुरोध गरेको उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया