Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– ६० मेगावाट क्षमताको त्रिशूली थ्री ‘ए’ आयोजनाको काम भुकम्पका कारण रोकिएको छ ।

भूकम्पपछिको पहिरोले आयोजनको बाँध स्थल र उपकरणहरुमा क्षति पुर्‍याएको छ । भूकम्पको पहिरोले सिम्लेदेखि आयोजनाको बाँधस्थलसम्म झण्डै ५ किलोमिटर लामो सडक पहिराले अवरुद्ध छ ।

वैशाख १२ को भुकम्पपछि आयोजनाको दायाँबायाँ रसुवा र नुवाकोटको दुई पहाडको खोंचमा काम गर्ने नेपाली र चाइनिज कामदार आयोजनाको काम छोडेर हिडेका छन् ।

भूकम्पबाट आएको पहिरोमा आयोजनामा काम गर्ने ४ नेपाली कामदार परेका छन् । ती मध्ये ३ को मृत्यु भएको छ भने एक जना हराइरहेका छन् । आयोजना प्रमुख उत्तम अमात्यले आयोजना निर्माण स्थलमा गएको पहिरोले आयोजनाको काममा ढिलाई हुने बताउनुभयो । सडकमा ठूला पहिरो आएकोले हटाउन केही समय लाग्ने उहाँले बताउनुभयो ।

भूकम्पका कारण सन् २०१६ को जुन ३० मा सकिने त्रिशूली थ्री ‘ए’ आयोजनाको काम एकवर्ष ढिला हुन सक्ने प्रमुख श्रेष्ठले बताउनुभयो ।

तपाईको प्रतिक्रिया