Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– झण्डै एक महिनादेखि भूकम्पको त्रासमा रहेको राजधानीको जनजीवन सामान्यतर्फ फर्किन थालेको छ । तर,२९ गतेको भूकम्पपछि खुला स्थानमा गएका सर्वसाधारण भने अझै घर फर्कन सकेका छैनन् ।

वैशाख १२ गतेको महाभूकम्पपछि करिब डेढ हप्तापछि जनजीवन सामान्य हुँदै गर्दा फेरि २९ गते अर्को ठूलो भूकम्प आएपछि थप त्रास उत्पन्न भएको थियो । तर हिजोदेखि पराकम्पहरु पनि कम हुँदै गएपछि आज काठमाडौं उपत्यकामा पनि सवारी साधनहरु बढी गुडेको छ भने बजार पसलहरु पनि खुल्ने क्रम बढ्दै गएको प्रहरीले जनाएको छ ।

आज ४० प्रतिशत जति सवारी साधन सडकमा गुड्न थालेको ट्राफिक प्रहरीले जनाएको छ । यसैबीच भूकम्प मापन केन्द्रका अनुसार गएराति ८ वजेर ४० मिनेट पछि भूकम्पका अरु पराकम्पनहरु गएको छैन ।

तपाईको प्रतिक्रिया