Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– मनोविदहरुले आवश्यक भन्दा बढी सोच्ने र एकोहोरो भएर भूकम्पकैबारे कुरा गरिरहने प्रवृत्ति अन्त्य गर्न सुझाएका छन् । उनीहरुले एउटै कुरामा बढी ध्यान दिने र आवश्यकभन्दा बढी चिन्ता लिने कार्यले मनोविज्ञान र मानसिक असर पर्ने बताएका हुन् ।

आवश्यकता भन्दा बढी विपतका बारेमा सोच्ने र त्यसकै पीरमा बाँच्ने गर्नाले यस्ता समस्या देखापर्ने उनीहरुले बताएका छन् । मनोविद्हरुले हल्लाको पछाडि नदौडिने, गुमेका कुरालाई सम्झेर बस्ने भन्दा पनि नगुमेका कुरालाई सदुपयोग गर्दै र यथार्थलाई आत्मसात् गर्दै अगाडि बढ्नुपर्ने कुरामा जोड दिए ।

शिक्षा मनोविद् मधुविलास खनालले विद्यार्थी तथा बालबालिकामा भूकम्पको अत्याधिक असर परेको उल्लेख गर्दै उनीहरुलाई त्रास देखाएर घरमा नै राख्नु भन्दा साथीभाइसँग घुलमिल भएर आफ्नो भावना उजागर गर्ने वातावरण निर्माण गरिदिनुपर्ने बताए ।

चिकित्सा मनोविद् डा. पशुपति महतले आपतको समयमा यस्ता डर, त्रास उत्पन्न हुनु भनेको सामान्य नै रहेको र अहिले नै उपचार तथा औषधि सेवनतर्फ नलाग्न अनुरोध गरे । उनले आफू नै मानसिक रुपमा विस्तारै आत्मविश्वासी बन्दै जानाले स्थितीको सामान्ययीकरण हुन सक्ने बताए ।

मानसिक रोग विशेषज्ञ डा. कपिल देव उपाध्यायले भुकम्पका कारण भन्दा पनि त्रासले भाग्ने र फाल हाल्ने गर्दा धेरै मानिस सन्त्रासमा बाँचेको बताए । उनले भूकम्पका कारण करिव १० प्रतिशत मानिसमा कुनै न कुनै मानसिक समस्या देखा पर्ने उल्लेख गरे ।

८० प्रतिशत मानिसको आफै समस्या समाधान हुने बताउँदै उनले अरु १० प्रतिशतलाई ढिलो समस्या समाधान हुने बताए । तर १० प्रतिशत मानिसमा भने कुनै न कुनै समस्या उत्पन्न हुन सक्ने भन्दै उनले वालवालीका, महिला र एकल व्यक्तिलाई प्रशिक्षण र परामर्शको जरुरी हुने बताए ।

वाल मनोविद् करुणा कुँवरले पुरुष भन्दा महिला नै आपतविपद्लाई सामना गर्ने कुरामा सबल रहेको तथ्य प्रस्तुत गरिन् । उनले आफ्नो दैनिक कार्यलाई सामान्य रुपमा अघि बढाउनु पर्ने बताउँदै वालवालिकालाई खुल्ला ठाउँमा बढी परिचालन गर्न सुझाइन् । उनले भुकम्पबाट भएका यथार्थ कुराहरु वालवालिकासामु लुकाउन नहुनेमा जोड दिइन् ।

तपाईको प्रतिक्रिया