Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

सर्वसाधारण पार्टी खोल्ने घोषणा

काठमाडौं- भरतपुर अस्पतालका मेसु डा. विजय पौडेलले सरकारी सेवाबाट राजीनामा दिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सरकारी सेवाबाट राजीनामा दिएको उल्लेख गरेका छन् । मादक पदार्थ सेवन गरेर युवतीलाई दुर्व्यवहार गर्नुको साथै आफ्नै घरमा कार्यरत बालकलाई कुटपिट गरेको आरोपमा डा पौडेल राजधानीमा पक्राउ परेलगतै भरतपुर अस्पतालका मेसु पदबाट राजीनामा दिएका हुन् ।

आफुलाई सोच्ने मौका समेत नदिई २४ घण्टा भित्र स्वास्थ्य मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको भन्दै डा पौडेलले राजीनामा दिएको बताएका छन् ।

राजिनामा पत्रमा उनले भरतपुर अस्पतालको प्रमुख कन्सल्टेन्ट फिजिसियनबाट समेत राजीनामा दिएको उल्लेख गरेका छन् ।

यसैबीच पौडेलले आफू अहिलेसम्म स्वतन्त्ररुपमा रहेको उल्लेख गर्दै नेपाल सर्वसाधारण पार्टी खोल्ने पनि घोषणा गरेका छन् ।

तपाईको प्रतिक्रिया