Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

बुटवल – डीआईडी लिटल मास्टर्स – ३ विजेता रुपन्देही रुद्रपुरकी टेरिया फौजामगरले वैशाख १२ गते गएको महाभूकम्पबाट प्रभावित बनेका धादिङका बालबालिकाहरुका लागि नगद एक लाख रुपैंया सहयोग प्रदान गरेकी छिन् ।

teriya magarशनिबार टेरियासहितको टोलि धादिङबेसीस्थित भानु बाल अध्ययन केन्द्र पुगेर टेरिया फाउण्डेसनमार्फत उक्त राहत रकम धादिङका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई हस्तान्तरण गरिएको टेरियाकी आमा अनिता फौजामगरले बताईन् ।

टेरियाले आफुलाई डिआईडी लिटिल मास्टर्स – ३ विजेता बनाउन सबै नेपालीले सहयोग गरेको स्मरण गर्दै भूकम्पको विपद्को बेला पीडित बालबालिकाका लागि आफुले सक्दो सहयोग गरेको बताएकी छिन् । विजेता बनेपछि देशविदेशमा आयोजित कार्यक्रमबाट संकलित रकम भूकम्पपीडितका लागि प्रदान गर्न टेरिया मुम्बईदेखि नेपाल आएकी हुन् ।

‘प्राकृतिक विपद् थाहा दिएर आउँदैन, त्यसैले यस्तो विपद्बाट बच्न पहिल्यै नै सुरक्षित उपाय जानी राख्नुपर्छ,’ रकम हस्तान्तरण गर्दै टेरियाले भनिन्, ‘वैशाख १२ गते आएको भूकम्पबाट धेरै बालबालिको विचल्लि भएको छ, गाँस बास र कपासको अभावका कारण राहतका लागि बाटो हेर्दै बस्नुपरेको खबर विभिन्न सञ्चारमाध्यमबाट सुनेपछि म थोरै भएपनि सहयोगका लागि यहाँ आएकी हुँ ।’

त्यस्तै उनले सो रकम आफुजस्तै साना साना बालबालिका जो साँच्चै दुःखमा परेका छन्, उनीहरुको उद्धारका लागि खर्च गरिदिन समेत धादिङका प्रमुख जिल्ला अधिकारी घिमिरेलाई आग्रह गरिन् ।

रकम हस्तान्तरण कार्यक्रममा टेरियासँगै फाउण्डेसनका अध्यक्ष कृष्णबहादुर फोजामगर, उपाध्यक्ष एवं बागेश्वरी संगीतालयका प्रिन्सिपल सुरेश सेन्चुरी, सदस्यद्धय पत्रकार टोपराज शर्मा, गोपाल केसी, टेरियाकी आमा अनिता फौजामगरको उपस्थिती थियो ।***

तपाईको प्रतिक्रिया