Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

जनकपुर– मुलुकको एकमात्र रेल सेवा महोत्तरीको वर्दिवाससम्म विस्तार हुनेभएको छ । दुईतर्फका रेल मिलन हुने (जक्सन) महोत्तरीको बर्दिबासमा निर्माण हुने सरकारको निर्णय पछि तयारी शुरु भएको बताइएको छ ।

रेलवेको निर्माण हुने बडी लाइन (ब्रोडगेज) रेलमा जनकपुरमा मुख्य स्टेसन नभई बर्दिबासमा रहने र यात्रु चढ्न र ओर्लिन अल्पकालीन विश्रामस्थल (हल्ट) मात्र जनकपुरमा निर्माण हुनेछ ।

पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्र्तगत महोत्तरी र धनुषाको सीमामा पर्ने रातुपुलदेखि साँढे ३ सय मिटर दक्षिण रेल–वे पुलको छेउ तथा राजमार्गदेखि करिव एक किलो मिटर दक्षिण जनता उच्च मावि नजिक स्टेशन रहने सरकारले निर्णय गरेको छ ।

तर सरकारले टुङ्गो लगाएको स्थानमा स्टेशन स्थापना भएपछि बर्दिवास गाविसको संरचना टुक्रिने छ । गाविसको विकास रोकिने, बर्दिबासको अस्तित्व संकटमा पर्ने, सार्वजनिक भौतिक संरचाना प्रभावित बन्ने, विद्यालय प्रभावित हुने भन्दै स्थानीय विरोधमा उत्रिएका छन् । बर्दिबासका स्थानीयले रेल्वे स्टेसनलाई राजमार्गभन्दा ४ किलो मिटर दक्षिण मसनघटामा लगेर राख्नु पर्ने माग राखेका छन् ।

भारत सरकारको करिब १० अर्ब रुपैयाँको लागतमा निर्माणाधीन जयनगर, जनकपुर, विजुलपुरा र भंगहा–बर्दिबास ब्रोडगेज रेल मार्गको ६९ किलोमिटर मार्गमा एक दर्जन स्टेसन, हल्ट र जक्सन निर्माणाधीन छन् । रेल सेवा सुरु भएको ८० वर्षदेखि मुख्य स्टेसन रहँदै आएको जनकपुरमा भने अब हल्ट मात्र रहने छ । जनकपुरभन्दा ५ किलोमिटर पश्चिममा अवस्थित कुर्थामा मुख्य स्टेसन निर्माण गरिने छ ।

तपाईको प्रतिक्रिया