Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– भूकम्प पीडितलाई स्वास्थ्य सेवा, उपकरण, औषधि, ध्वस्त भएका संरचना पुनःनिर्माणलगायतका क्षेत्रमा विश्व स्वास्थ्य सङ्गठनले थप सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

के कति सहयोग आवश्यक हो, यसका लागि सङ्गठनले आफ्नो साधारणसभामा प्रस्तुत गर्न मन्त्रालयलाई आग्रह गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले जानकारी दिनुभयो । सङ्गठनको साधारणसभा यही जेठ ६ र ७ गते स्वीट्जरल्यान्डको जेनेभामा आयोजना हुँदैछ । सम्मेलनमा नेपालका तर्फबाट मन्त्री अधिकारीले भाग लिँदै हुनुहुन्छ ।

उहाँले सम्मेलनमा खासगरी भूकम्पमा परी घाइते भएकालाई प्रदान भइरहेका स्वास्थ्य सेवा र अगामी दिनका चुनौती एवम् नेपालले सङ्गठनसित गरेको अपेक्षा जस्ता विषयमा प्रस्तुती गर्नेछ ।

सङ्गठनले नेपालको स्वास्थ्य सेवालाई थप आर्थिक एवम् प्राविधिकरुपले सक्षम बनाउन थप सहयोग जुटाउन सम्मेलनको दोस्रो दिन छुट्टै विशेष सम्मेलन आयोजना गर्न लागेको मन्त्री अधिकारीले जानकारी दिनुभयो ।

स्वास्थ्य सेवामा मन्त्रालयलाई सहयोग गर्ने सबैभन्दा नजिकको साझेदारी संस्थाका रुपमा सङ्गठन रहेको छ । “मलाई यस्तो अवस्थामा सम्मेलनमा भाग लिन जान पटक्कै मन थिएन तर सम्मेलनमार्फत भूकम्प पीडित जनताको लागि थप सहयोग जुट्ने भएकाले मात्र जान लागेको हुँ” उहाँले भन्नुभयो ।

हालैको विनाशकारी भूकम्पका कारण एक हजार स्वास्थ्य केन्द्र ध्वस्त भएका छन् ।

तपाईको प्रतिक्रिया