Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

मेलम्ची– गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि उद्धार तथा राहत वितरणको अनुगमनका लागि विपद् व्यवस्थापन तथा संसदीय अनुगमन विशेष समिति आइतबार सिन्धुपाल्चोकको मेलम्ची पुगेको छ ।

सभासद् रेखा शर्माको संयोजकत्वमा भानुभक्त ढकाल र जीवनबहादुर शाही सदस्य रहेको तीन सदस्यीय टोलीले आइतबार मेलम्चीस्थित भीमकाली गुल्मबाट भएको राहत र उद्धारका बारेमा जानकारी लिएको गुल्मपति सेनानी प्रेम हमालले जानकारी दिनुभयो ।

सो अवसरमा गुल्मपति हमालले क्षेत्रमा भएको उद्धार, राहत वितरणको अवस्थाबारे जानकारी गराउनुभएको थियो । यसअघि टोलीले क्षेत्र नंं १ र २ को अवस्था बुझी आइतबार क्षेत्र नं ३ आइपुगेको हो । केही दिनअघि व्यवस्थापिका–संसद्ले प्रभावित क्षेत्रमा संसदीय टोली खटाउने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया