Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– भूकम्पविद्ले भूकम्पका प्रकृतिमा नझुक्किन सर्वसाधारणलाई अपिल गरेका छन् । उनीहरुले कम्पनका तीन वटा प्रकृति हुने जानकारी दिएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईका अनुसार तीनमा भुकम्प (मेन शक) , पराकम्पन (आफ्टर शक) र पूर्व कम्पन (प्रि शक) पर्छन । बैशाख १२ गतेको ७.६ रेक्टर स्केलको भूकम्प मेन शक हो । त्यसपछिका सबै कम्पनहरु पराकम्पन हुन ।

भूकम्पविद् भट्टराईले भन्नुभयो, ‘यीनीहरुको मान र समयका आधारमा प्रकृति छुट्टाएका हुन्छौ ।’ भट्टराईका अनुसार सुरुमा आउने ठूला धक्का वा कम्पनलाई भूकम्प भनिन्छ । त्यस लगत्तै आउने साना धक्का वा कम्पनहरु सबै पराकम्पन हुन । ‘एउटा ठूलो धक्का पछि त्यो धक्काले फटाएका धाजाहरुमा आउने त्यो भन्दा कम्पनहरु सबै पराकम्पन हुन’, भट्टराईले भन्नुभयो ।

भट्टराईका अनुसार पराकम्पन ठूलो धक्का लगत्तै केही दिन, केही साता, महिना र बर्षसम्म जान सक्छन् । अहिले १२ गतेको भुकम्पले बनाएका धाजाहरुमा पराकम्पनहरु गएका छन् । बिशेषगरी गोरखादेखि दोलखाबीचको १३० किलोमिटर बीचका चट्टानहरुका भएका धाजाहरुमा पराकम्पन गइरहेका छन् ।

यसैगरी ठूलो भूकम्प आउनु अघि त्यस क्षेत्रमा जाने मुख्य भूकम्प भन्दा सानो धक्कालाई पूर्व कम्पन भनिन्छ । अझ मूख्य भूकम्प आउनु अघिको सानो मान भएको भूकम्पलाई पूर्व कम्पन भनिन्छ । ‘पूर्व कम्पन र पराकम्पन भन्दा ठूलो धक्का लाई भूकम्प वा मेन शक भनिन्छ’, भट्टराईले भन्नुभयो । उहाँका अनुसार बैशाख १२ गतेको पहिलो धक्का भूकम्प हो । त्यसपछिका सबै धक्काहरु पराकम्पन हुन ।

तपाईको प्रतिक्रिया