Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वैशाख १२, १३ र २९ गतेको भूकम्पका कारण क्षतिग्रस्त सम्पदाको संरक्षण एवम् पुनःनिर्माणका लागि तीन किसिमको कार्ययोजना तयार गरेको छ ।  व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले भूकम्पबाट क्षति भएका पुरातात्विक सम्पदाको विवरण तथा पुनःनिर्माणसम्बन्धी आगामी योजनाका विषयमा आइतबार सिंहदरबारमा आयोजना गरेको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री दीपकचन्द्र अमात्यले क्षतिग्रस्त सम्पदाको संरक्षणका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तयार भएको जानकारी दिनुभयो ।

उहाँले राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा सम्पदाहरुको संरक्षण तथा पुनःनिर्माणका लागि विस्तृत कार्ययोजना बनाई कार्यान्वयन गर्ने व्यवस्था मिलाइएको बताउनुभयो ।  उहाँका अनुसार अल्पकालीन योजनामा पूर्णरुपमा क्षतिग्रस्त पुरातात्विक सामग्रीको फोटोग्राफीसहितको अभिलेखलाई व्यवस्थित रुपमा भण्डारण(डकुमेन्टेसन) गरी ती स्थानलाई सुरक्षित गर्ने कार्य प्रारम्भिक रुपमा सञ्चालन गरिने छ ।

क्षतिग्रस्त स्मारकहरुको थप मानवीय एवम् भौतिक क्षति कम गराउन विज्ञहरुको सल्लाहअनुसार सुरक्षित स्तरसम्म भत्काई स्मारक सुरक्षा गर्ने, विश्वसम्पदा स्थलका रुपमा रहेका उपत्यकाका सात स्थानको सुरक्षाका लागि युनेस्कोसँग समन्वय गरी काम बढाइने, सम्पदा संरक्षण तथा पुनःनिर्माणका लागि जनसाधारणसमक्ष इच्छुक स्वदेशी तथा विदेशी लगानीकर्तालाई खुला सूचना प्रवाह गर्नेलगायतका विषय अल्पकालीन योजनामा समावेश गरिएको छ ।

यसैगरी मध्यकालीन योजनामा अल्पकालीन योजना कार्यान्वयन गरिसकेपछि त्यसबाट कार्यान्वयनका लागि आएका सुझावसमेतलाई दृष्टिगत गरी प्राथमिकताका आधारमा स्मारकको संरक्षण एवम् पुनःनिर्माणका कार्यक्रम सञ्चालन गरिने, प्राथमिकता निर्धारण गरिएका सम्पदाहरुलाई मध्यकालीन योजनाअनुसार संरक्षण एवम् पुनःनिर्माण गरिने लक्ष्य राखिएको छ ।

दीर्घकालीन योजनामा अल्पकालीन तथा मध्यकालीन योजनाअन्तर्गत सम्पन्न गर्न नसकिने खालका बहुवर्षीय रुपमा सञ्चालन गरिनुपर्ने गरी प्राथमिकता निर्धारण गरिएका स्मारकको संरक्षण एवम् पुनःनिर्माणका कार्यक्रम सञ्चालन गरिने मन्त्री अमात्यले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति प्रमु साहले क्षतिग्रस्त सम्पदाको यकिन तथ्य सङ्कलन गरी त्यसको वर्गीकरण गर्नुपर्ने बताउँदै हराइरहेका वस्तुको खोजीकार्यलाई तीव्रताका साथ अघि बढाउनुपर्ने धारणा राख्नु भयो ।

विनाशकारी भूकम्पले क्षति पुर्याएका प्राचीन, मठ मन्दिर, दरवार पार्टी पुरातत्व विभागका अनुसार भूकम्पबाट हालसम्म क्षतिग्रस्त ५८१ सम्पदा मध्ये पूर्ण क्षतिग्रस्त सम्पदा १३७, आंशिक र सामान्य क्षति भएका सम्पदाको संख्या ४४४ रहेको छ । जसअनुसार क्षतिग्रस्त सम्पदाहरुमा काठमाडौंमा १९७ (पूर्ण क्षति ३५), ललितपुर ७०(पूर्ण १५), भक्तपुर ४२ (पूर्ण १५), दोलखा ३४(पूर्ण १०), गोरखा ३५ (पूर्ण १५), धादिङ १८ (पूर्ण ३), काभ्रेपलाञ्चोक ३७ (पूर्ण १०) लम्जुङ ३० (पूर्ण ५), मुस्ताङ २३ (पूर्ण ५) नुवाकोट २२ (पूर्ण ८), तनहुँ २८ (पूर्ण ८), सिन्धुपाल्चोक १८ (पूर्ण ८) रहेका छन् । त्यस्तै रामेछाप १०, रसुवा ७, सिन्धुली १, मकवानपुर २, धनुषामा १ सम्पदा क्षति ग्रस्त बनेका छन् ।

तपाईको प्रतिक्रिया