Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं-नेत्र विक्रम चन्द विप्लव नेतृत्वको माओवादीको पत्रकार सम्मेलनमा कुटाकुटको अवस्था आएको छ । आइतबार राजधानीमा भूकम्पको विनाश र पार्टीको कार्यक्रमबारे गरिएको पत्रकार सम्मेलनमा नेता र राजनीतिलाई गाली गर्ने एक ब्यक्ति कुटिएका हुन् ।
विप्लव आफै उपस्थित भएको पत्रकार सम्मेलनमा बाहिरबाट गाली गर्ने एक जनालाई विप्लवका कार्यकर्ताले रगताम्मे हुने गरी घाइते बनाएका छन् ।
कार्यक्रममा राजनीतिक दलले केही गर्न नसक्ने र गफ मात्र गर्ने भन्दै ती ब्यक्तिले विप्लवलाई प्रश्न सोध्न खोजेका थिए । त्यसैको निहूमा आफ्ना नेतालाइ गाली गर्ने भन्दै उक्त कार्यकर्ताले ती व्यक्तिमाथी खिनएका थिए । कार्यक्रममा भेला भएका कार्यकर्ताहरूले कुटेपछि उक्त व्यक्तिलाइ बचाउन प्रहरीलाइ समेत हम्मे हम्मे परेको थियो ।***

तपाईको प्रतिक्रिया