Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौँ- भूकम्पका कारण नेकपा ९एमाले०को बल्खुस्थित मुख्यालय क्षतिग्रस्त भएपछि पार्टी कार्यालय तत्कालका लागि शङ्खपार्कस्थित हाल पासाङ ल्हामू स्मृति प्रतिष्ठानको कार्यालय रहेको भवनमा सर्ने भएको छ ।

एमालेको आजको स्थायी कमिटीको बैठकले हाललाई भाडामा लिएर शङ्खपार्कका कार्यालय सार्ने निर्णय गरेको महासचिव ईश्वर पोखरेलले जानकारी दिनुभयो । एमालेको हालको कार्यालयको प्रवेशद्वार र पहिलो तला नै भत्किएको छ । हाल पार्टीका गतिविधि परिसरमा राखिएका त्रिपाल र प्रचार विभाग रहेको भवनबाट चल्दै आएको छ ।

पार्टीकै नाममा १० रोपनी जग्गा रहेको सो स्थलमा करिब रु एक करोड लागतमा वि. सं. २०५२ मा कार्यालय बनाइएको थियो । भूकम्प जानु अघि नै एमालेले पुरानो कार्यालय साँघुरो भएको ठानी नयाँ फराकिलो स्थानमा कार्यालय खोज्दै आएको थियो ।

तपाईको प्रतिक्रिया