Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– नेपाल महिला संघ केन्द्रीय तदर्थ समितिले शनिवार प्रधानमन्त्री सुशील कोइरालासमक्ष भूकम्प पीडितहरुको पक्षमा १६ बुँदे ज्ञापन पत्र बुझाएको छ ।

वागमती अञ्चलका आठ जिल्लाको स्थलगत अनुगमनपछि त्यहाँको अवस्थाका बारेमा जानकारी दिँदै महिला संघले प्रधानमन्त्री कोइरालालाई ज्ञापन पत्र बुझाएको हो । भूकम्प प्रभावित जिल्लामा अनुगमन गर्दा सरकारले उपलव्ध गराएको राहत सामाग्री अपुग भएकाले प्रर्याप्त मात्रामा राहत सामाग्रीको व्यवस्था गर्न संघले माग गरेको छ ।

वर्षयाम सुरु हुन लागेकोले पाल भन्दा पनि अस्थायी टहराका लागि जस्तापाता उपलव्ध गराउनु पर्ने, मृतक परिवारलाई दिने भनिएको रकममा थप हुनुपर्ने, मृतकका परिवारलाई रोजगारी, शिक्षा, स्वास्थ्य लगायतका अत्यिावश्यकीय आवश्यकता निःशुल्क उपलव्ध गराउने पर्ने, एकल महिलाका लागि दिने राहतमा दोब्बर बनाउनु पर्ने, त्यस्तै सामुहिक बसाईमा महिला तथा बालबालिकाका माथी दुर्व्यवहार हुने भएकाले छुट्टै व्यवस्था गर्नु पर्ने लगायत १६ बुँदे माग राख्दै ज्ञापन पत्र बुझाएको नेपाल महिलासंघकी केन्द्रीय अध्यक्ष डा. डिला संग्रौलाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया