Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

प्रदीप नेपाल भन्छन्, ‘ज्योतिषले भ्रम छरे’
काठमाडौं- शनिबार र मंगलबार ठूलो भूकम्प जान्छ भनेर अड्कल गर्ने भविष्यवेत्ताहरु गलत सावित भएका छन् ।

हल्लाखोरहरुले ग्रह, नक्षत्रहरु नराम्रो रहेकाले शनिबार ठूलै भूकम्पीय विपत्ति आउनसक्ने बताए पनि अन्नत उनीहरुको भनाइ गलत सावित बनेको कारण हल्लाको पछाडि नलाग्न भूगर्भविद्हरुले सर्वसाधारणलाई सुझाएका छन् । यद्यपि, सतर्कता अपनाउनु बुद्धिमानी हुने उहाँहरुको भनाइ छ ।

राष्ट्रिय भूकम्पमापन केन्द्रका भूगर्भविद् मुकुन्द भट्टराई अनावश्यक प्रचारबाजीका कारण सर्वसाधारणलाई फोविया नै भइसकेकोले त्यस्ता भविष्यवाणीलाई प्रचारमा नलैजान मिडियालाई आग्रह गर्छन् ।

ओजराज लोहनीलगायतका त्योतिषहरुले भ्रम छरेको भन्दै एमाले नेता एवं पूर्वमन्त्री प्रदीप नेपाल, लेखक स्नेह सायमीलगायतले कडा आपत्ति जनाएका छन् ।

तपाईको प्रतिक्रिया