Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं- भूकम्पले देशभरका २ लाख ५० हजार भन्दा बढी घर ध्वस्त बनेका छन् यतिखेर ।

त्रिपाल र टेण्टमा वास गुजारिरहेका कतिपय सरकार र सहयोगी निकायहरुको आशमा घर ठड्याउने सोचमा छन् तर नजिकिंदो बर्षातको महिना र प्रकोप पछिका अन्य धेरै सम्भावित प्रकोपको डरले धेरै भयभित छन् । भयका बीचबाट उठेर धेरैले आफ्नो घर आफै निर्माण गरेर सरकारको मुख ताक्दा जुनी वित्ने निष्कर्ष निकालेका छन् ।

आफै राहतका त्रिपाल र टेण्ड मुनि बसेर जनताको घर बनाउने योजना कोर्दै गरेको सरकारलाई गोरखाको ताकुकोटका जनताले आफ्नो घर आफै निर्माण गरौँ अभियान चलाएर उदाहरण पेश गरेका छन् ।

हुन त, सरकारले भत्किएका घर निर्माणका लागि तत्काल क्षतिपूर्ति, सहुलियका सामग्री र ऋण उपलब्ध गराउने घोषणा गरेको छ । ती कुनै पनि सरकारी आश्वासनका पोका नपुगेको यो गाउँका जनता अब सरकारको भिक्षा नभई आफ्नो घर आफै बनाउँ अभियानमा जुटेका छन् ।

तपाईको प्रतिक्रिया