Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं- एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले बैशाख १२ गते गएको महाभूकम्पले ल्याएको समस्या सामाधान गर्न राष्ट्रिय सहमतिको सरकार बनाउन माग गर्नुभएको छ ।

गोरखा सदरमुकाममा पत्रकारहरुसँग उहाँले नेपालमा अहिलेको प्राकृतिक विपत्ती इतिहासको बिरलै घटना भएको भन्दै यसलाई सामान्य रुपमा नलिइ सबै दलको सहमतिमा बलियो नेतृत्व भएको सरकार बनाएर समस्या सामाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

राहत वितरण र क्षतिग्रस्त संरचनाहरु पुनर्निर्माण गर्न कुनै एउटा पार्टी वा व्यक्तिले मात्र गर्न नसक्ने भएकाले त्यसका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको उहाँको भनाइ थियो ।

तपाईको प्रतिक्रिया