Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– भूकम्प बारे जानकारी दिन खानी तथा भूगर्भ विभागले मोवाइल एप्स घोषणा गरेको छ । विभागअन्तर्गतको भूकम्प मापन केन्द्रका प्रमुख भुकम्पविद् लोकविजय अधिकारीले ‘नेपाल अर्थक्वेक अपडेट्स’ नामको एप्स शुरु गरेको जानकारी दिनुभयो । सो एप्स शनिबार अपरान्ह उद्योगमन्त्री महेश बस्नेतले शुभारम्भ गर्नुभएको थियो ।

एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले उक्त नामको एप्स डाउनलोड गरी भूकम्पको सूचना लिन सक्ने छन् । अधिकारीका अनुसार विभागले ‘४ रेक्टरस्केल’भन्दा माथिका भूकम्प जाने वित्तिकै त्यसमा अपडेट गर्ने छ ।

यस्तै केन्द्रले भुकम्पबारे जानकारी दिन १६१८०१४४१०१४१ नामको टोलफ्री (निःशुल्क) नम्बरसमेत ल्याएको छ । यो नम्बरमा डायल गरे उद्योगमन्त्री बस्नेतकै स्वरबाट भूकम्पको तथ्यांक थाहा पाउन सकिन्छ ।

तपाईको प्रतिक्रिया