Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– नेपालका लागि भारतीय राजदुत रञ्जित रेले पुर्नबास र पुर्ननिर्माणको लागि नेपालले जस्तो प्राथमिकता निर्धारण गर्छ त्यसमा सहयोग गर्न तयार रहेको स्पष्ट पार्नुभएको छ ।

राजधानीमा आयोजित एक साक्षात्कारमा उहाँले भन्नुभयो, ‘नेपाली र भारतीय जनताको सस्कृति र परम्परा मिल्छ । त्यसैले तत्काल महाभुकम्प आएको ६ घण्टा भित्रमा हामीसँग जे जे उपलब्ध थियो त्यो हामीले सहयोग गर्यौ ।’

साक्षात्कारमा राजदुत रेले अहिलेसम्म २ हजार ट्रकबाट १५ हजार टन राहत नेपाल आईपुगेको र अहिले पनि दिनको ५०–६० ट्रक राहत सामग्री नेपाल आईरहेको जानकारी दिदै भारतले रकममा मुल्याङकन गरेर सहयोग नगरेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘हामीसँग पैसा तोकेर सहयोग गर्ने संस्कृति छैन । हाम्रो सस्कार र परम्परा समान छ । त्यसैले हामी त्यही भावनाले सहयोग गर्छौ ।’

राजदुत रेले मुलुकमा यत्रो विपत्त परेको बेलामा वितरण प्रणालीमा सबैको ध्यान हुने भन्दै सरकारको जिल्ला जिल्लामा संयन्त्र भएको र सरकारलाई के के आवश्यक छ भन्ने जानकारी हुने भएकोले सरकारकै प्रणालीबाट अघि बढ्नु पर्ने आवश्यकता औल्याउँनुभयो ।

राजदुत रेले आगामि जुन १० सम्म सरकारले पुर्ननिर्माणको लागि के के आवश्यक छ भन्ने प्रतिवेदन उपलब्ध गराउने जानकारी आफूले पाएकोले त्यसपछि नेपालको प्राथमिकताको आधारमा भारतले आफूले सकेसम्मको सहयोग गर्ने र यसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिबद्धता ब्यक्त गरिसकेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया