Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– महाज्ञानी अद्भुत बालक आदित्य दाहालका विषयमा अहिले तथ्यहीन,अनैतिक र गैर जिम्मेवार प्रचार भइरहेको छ । गत बैशाख १२ गते महाभुकम्प गएपछि अद्भूत बालक आदित्यले अर्को ठूलो भुकम्पको भविष्यवाणी गरेका छन् भन्ने प्रचार गरिएको छ ।

अद्भुत बालक आदित्यबाट यस्तो कुनै भविष्यवाणी नभएको आदित्यका बाबु–आमाले बताए । आदित्यका बाबु शेषराज दाहालले भने,‘ बालक आदित्यबाट कुनै त्यस्तो भविष्यवाणी भएको छैन, त्यस्तो गैर जिम्मेवार प्रचारको हामी खण्डन र निन्दा गर्छौ । ’

अर्को भुकम्पको विषयमा आदित्यबाट भविष्यवाणी आएको भनिएका कुनै पनि कुरामा सत्यता नभएको र जनसाधारणलाई त्रसित तुल्याउने गलत मनसाय भएका व्यक्तिले त्यस्तो प्रचार गरेको हुन सक्ने आदित्यका बाबुले बताए ।

तपाईको प्रतिक्रिया