Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडाैं – जेठ १ गतेबाट अलनेपाल प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘चंखे शंखे पंखे’को प्रदर्शनका लागि निर्माण युनिटले नयाँ मितिको घोषणा गरेको छ । हालै नेपालमा गएको महाभूकम्पका कारण चलचित्रको रिलिज मिति पाँच महिनापछि सारिएको निर्देशक सुदर्शन थापाले बताए ।

chankhe sankhe pankhe‘राजधानी लगायत मोफसलका हलहरुमा क्षति पुगेको कारण अझैपनि हलहरु खुल्न सकेका छैनन्, निर्देशक थापाले भने,’यदि यस मितिमा चलचित्र रिलिज भएको भए, महँगो लगानीमा निर्माण गरेको चलचित्र ‘चंखे शंखे पंखे’ले निश्चय नै घाटा व्यहोर्नु पर्ने थियो ।’

त्यस्तै भूकम्पका कारण प्रर्दशन मिति घोषणा गरिएका धेरै चलचित्रहरुको प्रदर्शन अन्यौलमा परेको कारण चलचित्रको नयाँ रिलिज मिति घोषणा गरेको निर्माता सन्तोष सेनले बताए । चलचित्र अब आगामी कार्तिक ३ गतेदेखि मोफसलमा र कार्तिक ६ गतेदेखि राजधानीमा प्रदर्शन हुनेछ । यो मितिमा यसअघि नै नायिका रेखा थापाले आफ्नो चलचित्र ‘रामप्यारी’ र नायक भूवन केसीले ‘डि्रम्स’ प्रदर्शनमा ल्याउने बताएका थिए ।

तर, दुबै चलचित्रको छायांकन अन्यौलमा परेकाले तोकिएको मितिमा प्रदर्शन हुन्छ या हुँदैन पक्का छैन । यो मितिमा चलचित्र ‘ठमेल डट कम र परदेशी’ प्रदर्शनमा ल्याउने चर्चा पनि छ ।

कमेडी र देशप्रेमको कथा बोकेको चलचित्र ‘चंखे शंखे पंखे’लाई सन्तोष सेनले निर्माण गरेका हुन् भने चलचित्रमा सुदर्शन थापा, सुवास थापा, प्रेम पुरी र पुजा शर्मा लगायतका कलाकारको मुख्य अभिनय रहेको छ ।***

तपाईको प्रतिक्रिया